नेपाली सांगीतीक जगतमा व्यस्त गायिकाको रुपमा चिरपरिचित मेनुका राई चौथो एल्बमको तयारी संगै अन्य काम पनि गरिरहेकी छिन । नयाँ एल्बमको तयारीको चटारो सँगै अहिले भर्खरै राई बान्तावा भाषामा साकेला गित युटुव मार्फत सार्वजानिक गरेकी छिन ।

गायिको तेश्रो एल्बम लाइफ सम्म आई पुग्दा चर्चा अनि सफलता मनग्गै पाइसकेकी गायिका झनै हौसिएकी छिन । चौथो एल्बममा अबो स्टेज तताउने डान्स नम्बर गीतहरु ल्याउने तयारीमा रहेकी गायिकाले एकासी साकेला गित सार्वजानिजानिक गरेकी छिन् ।

जनम राईको लय तथा शब्द संकलनमा रहेको उक्त साकेला गीतमा कृष्णभक्त राईले संगीत संयोजन गरेका छन । गीतको स्वर भने गायिका मेनुका राईको रहेको छ ।