विजयपुर/ धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अस्पताल क्षेत्र भित्रका शौचालयहरु दुर्गन्धित भएको महिनौ बितिसक्दापनि सुधार हुन सकेको छैन ।

अस्पताल जस्तो संबेदनशील क्षेत्रका शौचालयहरु सफा र ब्यबस्थीत हुनु पर्ने भएपनि प्रतिष्ठान ब्यबस्थापनको कमजोरीका कारण शौचालयहरु दुर्गन्धित हुन थालेका छन् ।

प्रतिष्ठानको आकष्मिक कक्ष,ओपीडि तथा वार्डहरुका शौचालयहरु लथालिङग अबस्थामा भेटिने गरेका छन् ।सोमबार ब्लाष्टकर्मिले गरेको अनुगमनका क्रममापनि प्रतिष्ठानको आकष्मिक कक्ष,ओपिडी तथा वार्डहरुको शौचालयहरु लथालिङग अबस्थामा भेटिएका थिए ।

प्रतिष्ठानको आकष्मिक कक्षमा भेटिएका इटहरीका रमेश कार्किले अस्पतालको शौचालय अब्यबस्थीत भएको बताए ।‘बिहान शौचालय सफा गर्ने कर्मचारीलाई शौचालय फोहोर भएको जानकारी गराउदा आफै सफा गर्नु भन्दै फन्केर हिडे’ उनले भने प्रतिष्ठानको शौचालयले प्रतिष्ठानलाई बेइज्जत गरिरहेको छ,यहाँका ब्यबस्थापनले ध्यान पु¥याउनु पर्छ ।प्रतिष्ठानमा दैनिक ३ हजार भन्दा बढि बिरामी र बिरामीका आफन्तहरु आउने गर्छन ।

तर उनीहरुले प्रयोग गनेै शौचालय सफा र ब्यबस्थीत नहाँदा प्रतिष्ठानको बद्नामी भईरहेको छ ।प्रतिष्ठानका अस्पताल क्षेत्रमा मात्र ५० ओटा शौचालयरु सञ्चालनमा छन् । सर्जरी युनिकका एक कर्मचारीका अनुसार शौचालय सफा गर्न आउने कर्मचारीलेले पानी हाल्ने र फिनल हाल्नेमात्र काम गर्ने गरेको बताए ।

यहाँ यो काम भएन भनेर भन्यो भने आफु बिरुद्धनै खनिने भएको कसैले केही भन्न नसकेको उनले बताए ।प्रतिष्ठानका अधिकाशं शौचालयहरु जाम भएका छन् भने कतिपय शौचालयका ढोकाहरु काम नलाग्ने अबस्थामा छन् । प्रतिष्ठानले अस्पताल क्षेत्रको सरसफाइकालागि बार्षिक लाखौ रुपैया खर्च गर्ने गरेको छ तर त्यसको अनुगमन अहिले सम्म नभएको एक कर्मचारी बताउछन् ।

‘ काम गर्ने कर्मचारीको गैरजिम्मेवारपन स्पस्ट देखिन्छ एनेस्थेसिया बिभागका एक चिकित्सकले भेन‘मैलेपनि पटक पटक शौचालय ब्यबस्थापनकालािग अस्पताल प्रशासनलाई जानकारी गराएको छु तर कर्मचारीले नै अटेर गरेको पाएको छु ।’ प्रतिष्ठान स्थित कर्मचार कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले अस्पतालका हरेक बिभागमा हेल्पर कर्मचारीहरु खटाईने भेनकाले बिभागका प्रमुखहरुले नै कर्मचारीहरलाई काम गर्न निर्देशन दिनु पर्ने बताए ।

यसको जिम्मेवारी सम्बन्धित बिभागका प्रमुखले लिनु पर्छ उनले भने ‘प्रमुखले दिएको जिम्मेवारी समेत बहन नगर्ने कर्मचारीलाई कारबाही हुन पर्छ ।प्रतिष्ठानका डेपुटि अस्पताल निर्देशक प्राडा पशुपती चौधरीले अस्पताल प्रशासन यो समस्या समाधान गर्न लागि परिरहेको जानाकारी दिए ।

शौचालयमा प्रयोग हुने कतिपय समानहरु बिरामीका आफन्तहरुले चोर्ने गरेको हामीले पाएका छौं उनले भने हामीले गर्न खोजेपनि कतिपय कामहरुमा सफलता पाउन सकेका छैनौ । अहिले अस्पतालमा भएका सौचालयपनि अप्रयाप्त भएको शौचालयहरु थप गर्ने आबश्यत्ता महसुस भएको उनले बताए । यो समस्या समाधान गर्न हामी थप प्रयास गर्ने छौ चौधरीले भने ।