धरान १९ मा पतिद्वारा पत्निको हत्या
धरान/धरान–१९ मा पतिद्वारा पत्नीको हत्या गरिएको छ । सोमबार राति होली खेलेर फर्किएपछि धरान–१९ किरातचोकमा पतिले पत्नीको हत्या गरेका हुन् ।
फरार रहेका पतिको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । करिव ३२ वर्षीया पविला राईको हत्या गरिएको बुझिएको छ । ढोकामा लगाउने आग्लो प्रयोग गरेर पतिले हत्या गरेको इलाका प्रहरी कार्यालयका इनिस्पेक्टर राजेन्द्र पराजुलीले बताए ।
उनका अनुसार हत्यामा फरार रहेका पतिको खोजी कार्य तिब्र पारिएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै हत्याराको नाम सार्वजनिक नगरिएको उनले बताए । स्थानीयका अनुसार युवा हालै विदेशबाट फर्किएका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































