धरान /मोटरसाईकलको लाईसेन्स भएका हरुले अब कारको लाईसेन्स निकाल्न लिखित परिक्षा दिनु नपर्ने भएको छ । यतायता ब्यबस्था बिभागले शुक्रबार गरेको निर्णय अनुसार एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा दिनु पर्दैन ।

एक पटक लाईसेन्स लिईसकेको ब्यक्तिले अर्को लाईसेन्स लिन अब सिधै ट्रायल दिन पाउने भएका हुन् ।यो निर्णय कार्यन्वयनमा आउन एक महिना लाग्ने भएको छ ।

अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो ।विभागमा आएका नयाँ महानिर्देशक रुपनारायण भट्टराईले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।