इटहरी/ विश्व स्वास्थ्य मुख दिवशको अवसर पारेर सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा वृहत जनचेतना र्याली निकालिएको छ ।
इटहरी उपमहानगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट निकालिएको जनचेतना र्यालीका सहभागिले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानीनोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा लेखिएका ब्यानरसहित नगरको परिक्रमा गरेका थिए ।
स्वास्थ्य स्वयम्सेवी, चिकित्सकलगायतको सक्रिय सहभागितामा भएको सो कार्यक्रममा डा मना विक्रम, डा इन्द्रनारायण पाठक, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलगायतले आफ्नो धारणा राखेका थिए ।