भनिन्छ पढ्नका लागि उमेरले छेक्दैन । यस्तै प्रमाणीत गरेकी छिन यसपटक केदारकुमारी याक्खाले । उमेर ७३ बर्ष कटिसकेको उनी यस पटकको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षामा सामेल भएकी छिन । उनी नै यो पटकको एसईई परीक्षामा मा सामेल हुने सबैभन्दा पाको उमेरको व्यक्ति हुन ।
दश नातिनातिनीको हजुरआमा याक्खा भक्तपुरको बोडे माविबाट एसईईमा परीक्षा दिइरहेकी छन् । नाती नातिना उमेरका बच्चाहरुसँग ७३ बर्षे वृद्धा पनि पेप्सीकोला बस्दै आएकी उनी आदर्श उच्च मावि केन्द्रबाट परीक्षा दिँदै छिन ।
इलामको फिक्कलस्थित तीनघरेमा जन्मेकी याक्खालाई सानोमा पढ्न नपाएको अहिले खुब पढ्ने रहर छ । तीन वर्षअघि नाति आमोद र एन्जिलासँग एसएलसी दिएकी थिइन् । तर सफल हुन सकिनन् । अझ उनलाई एसईई पास गरेर कलेजमा एकचोटि भएपनि नाम लेखाउने धोको छ ।