धरान/भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेमा अध्ययनरत आवासीय डाक्टरहरुले हेलमेट लगाएर बिरामीको उपचार गर्न थालेका छन्।
महाराष्ट्रको एक अस्पतालमा डाक्टरमाथि भएको आक्रमणको विरोध गर्दै डाक्टरहरुले हेलमेट लगाएर बिरामीको उपचार गर्न थालेका हुन्। आन्दोलनरत डाक्टरहरुले सुरक्षाको माग गर्दै सांकेतिक रुपमा विरोध जनाउन हेलमेट लगाएर काम गरेका हुन्।
डाक्टरहरुले हेलमेट लगाएर काम गरेपछि बिरामीहरु आश्चार्यमा परेको भारीतय सञ्चार माध्यमहरुले जनाएका छन्।
कतिपय स्थानमा डाक्टरहरुले काम नै छाडेर आन्दोलन सुरु गरेका छन्। महाराष्ट्रको एक अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रेका हुन्। डाक्टरको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन्। भारतको उच्च अदालतले आन्दोलनरत डाक्टरलाई काममा फर्कन आदेश दिएको छ।