पाचकन्या/ धरान–१६ स्थित युएन कलेजमा अध्ययनरत् अञ्जिता नेम्वाङ मङ्गलबार मेख्लीमा सजिएकी थिइन् । मिस लिम्बू २०१६ को प्रतिस्पर्धामा टप ५ मा पर्न सफल उनलाई मेख्ली (लिम्बू पहिरन) साह्रै मन पर्छ । यस्तै, होटल म्यानेजमेण्ट कक्षा–११ मा अध्ययनरत् साथै उनी मिस धरानकी बिजेता विपना श्रेष्ठ नेवारी पहिरनमा सजिएकी थिइन् । कक्षा–१२ की कला दुमी राई राई पहिनरमा सजिएकी थिइन् । कार्यक्रममा कक्षा–११, १२, बिबिएसका अधिकाङ्श विद्यार्थी मात्रै होइन, अध्यापक, अतिथिलगायत पनि आप्mनो जातीय पहिरनमा सजिएका देखिन्थे । कार्यक्रम थियो–युएन र नवोदय कलेजको छैटौं वार्षिकोत्सव, सम्मान तथा विदाइ कार्यक्रम–२०७३ । कार्यक्रममै युएन कलेजका प्रमुख डम्बरकुमार तुम्वापोले भने, ‘सबै जातिका विद्यार्थी अध्ययन गर्ने यस कलेजमा विद्यार्थीलाई जातीय पहिरनमा सजिएर आउनु भनेका थियौं, अधिकाङ्शले आप्mनो जातीय पहिरनप्रतिको मोह देखाएका छन्, खुशी मात्रै नभएर गर्व पनि लागेको छ ।’ उनले थपे, ‘यसले विद्यार्थीलाई आप्mनो जातीय संस्कार, संस्कृति र पहिरनप्रतिको मोह मात्रै जाग्ने छैन, संस्कार, संस्कृति पनि सिकाउनेछ भन्ने हामीले ठानेका छौं ।’ विशेषतः अहिलेका कलेजका पुस्ताले आप्mनो जातीय संस्कार, संस्कृति, रहनसहन, भेषभेषाप्रति खासै चासो जगाएको देखिएन, चासो जगाउन पनि यस्तो पहिरनमा सजिन आग्रह गरेको उनले बताए । उनले होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा ब्राण्ड बन्ने उद्देश्यले नवोदय र युएन कलेजको स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायतले पनि जातीय पहिरनमा सजिएका विद्यार्थी देखेर तारिफ गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक कार्कीले नवोदयका विद्यार्थी पढाइमा मात्रै होइन अतिरिक्त क्रियाकलापमा पनि प्रतिभावान रहेछन् भन्ने कुरा कार्यक्रममा विद्यार्थीले देखाएको प्रतिभाले खुलस्त पारेको बताए । कार्यक्रममा बोल्दै विशेष अतिथि पिण्डेश्वर विद्यापीठका क्याम्पस प्रमुख चन्द्रमणि नेपालले कलेजका विद्यार्थीको प्रतिभाले पनि कलेजको स्तर माथि उठेको आभाष भएको बताए ।  ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गरेका थिए । कार्यक्रममा जीवनभर शिक्षा क्षेत्रमै रहेर काम गर्ने महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक स्वयंप्रकाश शर्मा, खेलकुद क्षेत्रअन्तर्गत बास्केटबल खेलमा योगदान पु¥याउने सुरजकुमार लामालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि ब्लाष्ट टाइम्सका प्रधान सम्पादक कार्की, क्याम्पस प्रमुख तुम्वापो, अध्यक्ष ज्ञानेश्वर झालगायतले सम्मानपत्र, खादा र फूलमाला, अविरले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका प्रशासकीय अधिकृत गङ्गा कालिकोटे, विजयपुर एफएमकी अध्यक्ष हिमाल राई, आरम्भ नाट्य डबलीका गोपाल देवान, आइडियल स्कुलका डाइरेक्टर सागर खड्का, इमानुएल स्कुलका प्रिन्सिपल प्रभाष राजवंशी, युएन स्कुलका जगत नेम्वाङलगायतको उपस्थिति थियो । कार्यक्रममा होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठलगायतले पनि बोले । कार्यक्रममा वेष्ट स्टुडेण्ट अफ द इयरको उपाधिसहित नगद ५ हजारले विनु तामाङलाई, होटल म्यानेजमेण्ट टपर विमोस राईलाई सम्मान गरिएको थियो । यस्तै, मिस धरान २०्र७३ को उपाधि विजेता विपना श्रेष्ठ, सातौं राष्ट्रिय खेलकुदअन्तर्गत वक्सिङमा मेडलिष्ट दिया लिम्बू, मिस एण्ड मिस्टर धरानमा वेष्ट डिसिप्लिनको उपाधि बिजेता प्रमोद साम्पाङ, मिस लिम्बू २०१६ मा टप ५ मा पर्न सफल अञ्जिता नेम्वाङलाई पनि सम्मान प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिलगायतले बिबिएस पहिलो वर्षका विद्यार्थीलाई स्वागत र चौथो वर्षका विद्यार्थीलाई विदाइ गरेका थिए । यस्तै, बेष्ट ग्रोमिङअन्तर्गतको पुरस्कार कक्षा–१२ का रोहितकुमार भुजेल र कला दुमी राईलाई प्रदान गरियो । यस्तै, गायन प्रतियोगितामा प्रथम सुमन राई, दोस्रो निर्मला गुरुङ र तेस्रो राकेश लामगादेलाई पुरस्कार प्रदान गरियो । यस्तै, नृत्यमा मुना लिम्बू, मनिषा विक, अनिषा राईलाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार दिइयो । कार्यक्रममा वर्षभरि आयोजित खेलकुद प्रतियोगितामा बिजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको बीच–बीचमा विद्यार्थीको गायन, नृत्य कार्यक्रमले भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रमको सञ्चालन अध्यापक सुमन बाँस्कोटाले गरेका थिए । तस्विहरु:विकाश राइ