भद्रपुर/ झापामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनको सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले औषधी खाएर अभियानको सुर गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बुधवार विहान भद्रपुर नगरपालिकाको वडा कार्यालय चन्द्रढीमा आयोजना गरेको छैठौ पटकको औषधी सेवन कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइरालाले अभियानको ओचित्यमाथी प्रष्ट पारेका थिए ।
चिकित्सकले तोकेको आधारमा औषधी खाएमा कुनै असर नगर्ने भन्दै यो वर्ष झापाका ७ लाख ३३ हजार नागरिकलाई औषधी खुवाइने बताए । कार्यालयले विभिन्न स्थानमा स्वास्थ्यकर्मीको निगरानीमा चैत्र १७ देखि १९ गतेसम्म कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रमलाई मेची अञ्चल अस्पतालका सुपरीटेण्ड डाक्टर पिताम्बर ठाकुरले कुनै मानिसको शरिरमा हात्तीपाइलेको जिवाणु रहेमा औषधीले मार्ने भएकोले त्यसवाट भएको प्रतिक्रियाले गर्दा वाक्वाकी हुने सामान्य रिंगटा लाग्ने तथा टाउको दुख्ने समस्या हुनसक्ने बताए ।
औषधीका कारण विरामी परिने हल्ला भने निराधार रहेकोले चिकित्सकले दिएको सल्लाहको आधारमा औषधी खाएमा केहि नहुने भन्दै गएको वर्ष झापामा कुनै नकरात्मक समचार नआएको बताए । अभियानलाई सञ्चारकर्मीको मुख्य भुमिका रहने हुदा वढीमात्रमा प्रचारप्रसार गरिदिन समेत ठाकुरले अनुरोध गरेका छन् ।
कार्यक्रमका अध्यक्ष प्रजिअ खत्री, बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, एसपी शैलेस थापा क्षेत्री,कार्यालयका प्रमुख तथा कर्मचारी,पत्रकार लगायतले यो अवसर भन्दै खुसी भएर औषधी खाएका थिए ।