ढाका/ एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालका शरद भेषवाकरले अर्धशतक बनाएका छन् ।
बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर हङकङले बनाएको २१५ रनको जवाफी व्याटिङ गरिरहेको नेपालका लागि शरदले तीनवटा छक्का रतीनवटै चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन् । शरद भेषवाकरले व्यक्तिगत ५० बलमा ५४ रन बनाएका हुन् ।
यसैगरी दीपेन्द्रसिंह ऐरी पनि अर्धशतक बनाएका छन् । उनले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका थिए ।
यसैगरी पाकिस्तान र बंगलादेशसँग खासै प्रदर्शन गर्न नसकेका कप्तान ज्ञानेन्द्र मल्लले पनि ७० र बनाएका छन् । मल्लले ११ चौका मद्दतमा उक्त योगफल बनाएका हुन् ।
नेपालका ओपनर व्याट्स्यान आसिफ शेख व्यक्तिगत ८ रनमा बनाएर आउट भएका थिए । त्यसअघि हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको थियो ।
लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् ।
नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।