इलाम/तेस्रो माईभ्यली गोल्डकपको उद्घाटन खेलको पत्रकार महासंघ इलाम शाखाले बहिस्कार गरेको छ ।
इलाम सदरमुकामको ठूलो टुडिँखेलमा मााईभ्याली क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको तेस्रो अन्तराष्ट्रिय आमन्त्रण कपको बिहीबार भएको उद्घाटन खेलमा दिनरात खटिरहने पत्रकारहरुको छाता संगठनलाई कार्यक्रमको उद्घाटन समारोहमा आयोजकले पत्रकार महासंघ जस्तो गरिमामय संस्थालाई अस्तित्व स्वीकार गर्न नसकेकोमा आपत्ति जनाउदैँ खेलको बहिस्कार गरेको हो ।
राज्यको चौथो अंगका रुपमा मानिएको पत्रकारहरुको छाता संस्थालाई नै अन्तराष्ट्रिय आमन्त्रण कपमा अस्तित्व स्वीकार नगर्दा आम मानिसहरुको सूचना तथा सञ्चारको हकलाई समेत ख्याल नगरि आयोजकले गरेको व्वहारप्रति महासंघले आपत्ति जनाएको छ ।
जनताको रुचि र चाहनालाई दिनरात खटि मिडियामा प्रसारण गर्ने यस्तो महत्वपूर्ण कामलाई वास्ता नगरि पत्रकारहरुलाई कमजोर बनाइएको पत्रकार महासंघ इलाम शाखाले प्रेस विज्ञप्ति निकालेको हो ।
महासंघ अध्यक्ष कोकिला ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उद्घाटन सत्र र उद्घाटन खेलका कुनै पनि समाचार प्रकाशन प्रशारण नगर्न महासंघ संम्बद्ध सबै पत्रकारहरुलाई निर्देशित गरिएको उल्लेख छ ।
यस्तै पाचँ हप्ता यता महासंघमा लागेको ताला आज खोलिएको छ । महासंघको नव निर्वाचित कार्यसमिति बैठकले महासंघको गतिविधि तथा काम कार्वाही गर्न असहज भएको र असन्तुष्ट पक्षसंग ताला खोल्न आग्रह गर्दा पनि वेवास्ता गरेको भन्दै ताला खोल्ने निर्णय गरेको जनाइएको छ ।
महासंघको गत फागुन ७ गते भएको अधिवेशनमा सहभागी नभइ नेपाल प्रेस युनियन इलाम र संघीय प्रेस फोरम इलामले महासंघको केन्द्र सँग असन्तुष्टि जनाउँदै ताला बन्दी गरेका थिए ।
यस अघिनै महासंघले आधिकारिक रुपमा पत्र लेखेर असन्तुष्ट पक्ष र पत्रकार महासंघको केन्द्र सँग समेत ताला खुलाएर काम गर्नै वातावरण सहज बनाइ दिन आग्रह गरेको एक महिना बित्दा पनि कसैबाट सम्बोधन नभएपछि ताला खोलिएको शाखा अध्यक्ष कोकिला ढकालले बताइन् ।