इलाम/ इलामको ठूलो टुडिँखेलमा आयोजित अन्तराष्ट्रिय माईभ्याली गोल्डकपको शुक्रबार सम्पन्न खेलमा अग्नि रुपन्द्ही ११ ले जीत दर्ता गरेको छ ।

पहुना टोली दुर्गापुर स्टिल कोलकत्तालाई ट्राइबेकरमा ४—२ गोल अन्तरबाट रुपन्देही ११ विजयी भएको हो । रुपन्देही ११ र दुर्गापुर स्टिल कोलकत्ताले खेलको निर्धारित समयमा एक—एक गोलको बराबरी खेलेपछि निर्णयका लागि खेल टाइबे्रकरमा धकेलिएको हो ।

ख्ोल सुरु भएको २३ औँ मिनेटमा दुर्गापुर स्टिल कोलकत्ताका लागि बाबुलाल मण्डलले गोल गरेका थिए । यस्तै रुपन्देही ११ का विजय धिमालले खेलको पहिलो हाफको इन्जुरीमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।खेल निर्धारित समयसम्म बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो ।

थप समयमा पनि दुबै टीमबाट गोल हुन नसक्दा टाइब्रेकरबाट रुपन्देही ११ले जीत हासिल गरेको हो ।प्रतियोगिताको म्यान अफ द म्याच दुर्गापुर स्टिल कोलकत्ताका खेलाडी बाबुलाल मण्डल घोषित हुदैँ सात हजार रुपैँया पाएका थिए ।प्रतियोगिताको १८ गतेको पहिलो चरणको खेल नेपाल आर्मी र युके फुटबल क्लब कसर््याङबीच हुने आयोजकले जनाएको छ ।