इलाम/पूर्वी पहाडकै सबैभन्दा ठूलो राशि भएको माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तेस्रो दिनको पहिलो क्वाटर फाइनल खेलमा नेपाल आर्मीको त्रिभुवन क्लब र पाहुना टोली ग्लोबल फुटबल क्लब आसामबीच भएको खेलमा ग्लोबल फुटबल क्लब आसामलाई २—१ अन्तरको गोल गर्दै नेपाल आर्मी विजयी भएको हो ।
खेलकाे पहिलो हाफको इन्जुरीमा आर्मीका राजिव गुरुङ्गले गोल गरेका थिए । त्यस्तै खेल सुरु भएको ७७ मिनेटमा नेपाल आर्मीका तर्फबाट भरत खवासले गोल गरेरका थिए । खेलको ८६ मिनेटमा कञ्चनजंघाको तर्फबाट पेम्बा भोटियाले गोल गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच नेपाल आर्मीका कप्तान भरत खवास घोषित भए । विजेता नेपाल आर्मीले प्रतियोगिताको चैत २१ गते सेमीफाइनल खेल नेपाल पुलिस क्लब र प्रतियोगिताको दाबेदार मानिएको लक्ष्मीहुन्डाई मनाङमस्र्याङ्दी क्लबबीच हुने बिजेतासँग चैत २३ गते खेल्ने छ ।
प्रतियोगिताको चैत २० गते हुने खेल गत वर्षको माइभ्याली गोल्डकपको बिजेता टीम रमपम झापा ११ र अग्नि रुपन्देही ११ बीच हुने छ । गत वर्षहरुमा खेलमैदानको भौगोलिक कठिनाई रहेको र खेलाडीहरुले समेत गुनासो गरेका कारण यस वर्ष भने विगत वर्षमा भन्दा खेल खेलाउन केहि ढिलाई भएपनि खेल सहज भएको भएपनि खेल मैदान नयाँ भएको र अनुभव नभएकाले खेल मिलाउन नसकेको नेपाल आर्मीका टीम कप्तान भरत खवासले बताए ।
यस्तै प्रतियोगिताको पाहुना ग्लोबल फुटबल क्लब आसाम छोटो समयमा आउनु परेकाले खेलको तयारी नभएके कारण हार्न बाध्य हुनुपरेको जनाएको छ ।अन्तराष्ट्रिय माईभ्याली आमन्त्रण कपमा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि दश टिमहरु सहभागी रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक भने दर्शक नै रहेको उनको भनाई छ ।
गत वर्षहरुमा सुरुका खेलहरुको टिकट दर पचास रुपैँया रहेको र अन्तिम खेलहरुमा सय रुपैँया प्रतिदरले दर्शकले हेर्ने गरेको खेलमा दर्शकको मायाले गर्दा नै प्रतियोगिता “ए” प्लस हुन सफल भएको र यस वर्ष समेत प्रतिस्पर्धात्मक खेलमा अझ उत्कृष्ट हुने र यसपाली भने केही बढाएर सुरुका खेलहरुमा टिकट दर सय रुपैँया र सेमी तथा फाईनल खेलमा दुई सय रुपैँया प्रतिगोटा रहेको आयोजकले जनाएको छ ।प्रतियोगितामा सहप्रायोजक गोर्खा ब्लुअरि,रमपम चाउचाउ, रुसलान रहेको छ ।
यस्तै जिल्ला समन्वय समिति,नगरपालिका,मेची पहाडी पर्यटन विकास समिति लगायत रहेका छन् । प्रतियोगिताको कुल खर्च,खेलाडी व्यवस्थापन गरि ६० लाख खर्च लाग्ने आयोजक समितिले जनाएको छ ।विगत वर्षमा भन्दा यस संस्करणको खेलमा पुरस्कार राशि समेत बढाइएको छ ।
गत वर्षमा तीन लाख पुरस्कार रहेको माइभ्याली गोल्डकपको पुरस्कार बढाएर चार लाख पुर्याइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजक व्यवसायी तारारोजु सापकोटाले प्रदान गर्ने छन् भने उपबिजेता टिमको समेत गत वर्ष डेढ लाख पुरस्कार राशि रहेकोमा यस वर्ष अढाई लाख रहेको टिमलाई भने बेलायतमा रहेका इलममेलीद्धारा दुई लाख पचास हजार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई यमाहाको १५० सिसिको एफजेटआरआर मोटरसाइकल प्रदान गरिने छ । वर्ष माईभ्याली फुटबलको पहिलो संस्करण २०७१ देखी नै माइभ्याली गोल्डकप एन्फाको क्यालेन्डरमा समावेश भइसकेको छ । प्रतियोगिताको फाइनल खेल चैत २६ गते हुदैँछ ।