इलाम/पूर्र्वी पहाडकै सबैभन्दा ठूलो धनराशी भएको इलामको ठूलो टुडिँखेलमा आयोजित अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको चौथो दिनको दोस्रो क्वाटर फाइनल खेलमा रमपम झापा ११ ले जीत दर्ता गरेको छ ।
अग्नि रुपन्देही क्लबलाई ट्राइबेकरमा ४—३ गोल अन्तरबाट जीत गर्दै झापा ११ प्रतियोगिताको सेमीफाइनलमा उक्लेको हो । रुपन्देही ११ र झापा ११ को खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि थप १५ मिनेट समय थपिएको थियो । खेलको समय थप गर्दा समेत दुबै टीमबाट गोल हुन नसक्दा निर्णयका लागि खेल टाइबे्रकरमा धकेलिएको हो । गत वर्षको दोस्रो माइभ्याली गोल्पकपमा सेमिफाइखेलमा झापाले रुपन्देहीलाई ४—० ले हराएको थियो । यसको बदला लिन रुपन्देहीले यसपालि झापालाई जित्न उत्कृष्ट प्रतिस्पर्दा रहेपनि निर्धारित समयमा गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिन पुगेको हो ।
खेलको टाइब्रेकरमा रुपन्देही ११ का तर्फबाट निरज बस्नेत,बिजय धिमाल,हेमन गुरुङ,कालु थापा र लक्ष्मण रुचालले प्रहार गरेको गोलमध्ये निरज बस्नेत र हेमन गुरुङले गोल गर्न रुपन्देही नसकदा हार्न पुगेको हो ।त्यस्तै झापा ११ का तर्फबाट रजिन धिमाल,रञ्जित श्रेष्ठ,पुजन उपरकोटी,दिलेन लोक्तान र कर्ण लिम्बुले गरेको गोलमा दिलेन लोक्तानको सेफ भएको थियो ।
प्रतियोगितामा बिजेता झापाले संकटा काठमाडौँ र शसस्त्र प्रहरीबीचको खेलमा विजेता टीमसँग सेमीफाइनल खेल खेल्नेछ ।प्रतियोगिताको म्यान अफ द म्याच झापाका गोलकिपर किशोर गिरी घोषित भए । मोफसलका दुबै टीम राम्रो भएको र खेल सोचेजस्तो नभएकाले खेलको निर्धारित समयमा गोल गर्न नसकेको झपाका प्रशिक्षक सन्जय राईले बताए ।
त्यस्तै रुपन्देहीका टीम प्रशिक्षक दयाराम सापकोटाले दुबै टीम ए डिभिजनका टीम रहेकाले खेल प्रतिस्पर्दात्मक भएको र टाइब्रेकर भाग्यको खेल रहेकाले साथै रेफ्रिको गलत निर्णयका कारण हार्नु परेको बताए । प्रतियोगिताको २१ गते हुने खेल मुख्य आकर्षक तथा प्रतियोगिताको बिजेताको दाबेदार मानिएको नेपालको फुटबलको ब्रान्ड मानिएको टीम लक्ष्मी हुन्डाई मनाङमस्र्यादी र नेपाल प्रहरीबीच हुने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार चार लाख रुपँयाको प्रायोजक व्यवसायी तारारोजु सापकोटाले प्रदान गरेका छन् भने उपबिजेता टिमको समेत गत वर्ष डेढ लाख पुरस्कार राशि रहेकोमा यस वर्ष अढाई लाख रहेको टिमलाई भने बेलायतमा रहेका इलममेलीद्धारा दुई लाख पचास हजार वितरण गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई यमाहाको १५० सिसिको एफजेटआरआर मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल चैत २६ गते हुदैँछ ।