विजयपुर/पर्ल किण्डर गार्डेन इङ्लीस स्कुल धरान १५ले मङगलबार आफ्नो १० औं स्थापना दिवस तथा छैठौ ग्रायजुएसन डे मनाएको छ । धरान –१५ स्थित सदन सभाहलमा आयोजीत कार्यक्रममा स्कुलका ग्रेजुएट बिद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी तथा ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले दिक्षीत गरेका थिए । समारोहमा बोल्दै प्रधानसम्पादक कार्कीले देशको भबिष्य अहिलेका बिद्यार्थीहरुको शिक्षा र ब्यबाहारमा भर पर्ने बताए ।कार्यक्रममा स्कुलका बिद्यार्थीहरुले सांस्कृतीक कार्यक्रमपनि प्रस्तुत गरेका थिए । स्कुलले आफ्ना शिक्षिका तथा कर्मचारीहरुलाई पनि सम्मानीत गरेको थियो । कार्यक्रममा अभिभाबकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।कार्यक्रम स्कुलका प्रिन्सिपल सुदीप पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।