धरान/धरान–१४ स्थित बालगोपाल मन्दिरको बुधबार प्राण प्रतिष्ठा गरिएको छ । १९९२ मा स्थापित मन्दिरको उद्घाटन शिवशक्ति कल्याणीमाताले गरेकी छन् । मूर्तीको प्राण प्रतिष्ठा अनन्तश्री स्वामी श्रीकैलाशनन्द सरस्वती महाराजजीबाट गरिएको छ । बालगोपालको प्रतिमा धरान–२ निवासी परमेश्वरलाल स्वर्णकारको परिवारले दान गरेका हुन् । मन्दिरको लागि क्याप्टेन रामलाल राईले ५१ ह्जार एकसय १७ रुपैया, भारतीय नागरिक अशोक अग्रवालले ५१ ह्जार रुपैया, तुलसा शर्मा निरौलाबाट १ लाख एघारहजार एकसय १३ रुपैया, सुमन तथा सीता निरौलाबाट ५१ ह्जार एकसय १३ रुपैया र गौरीशंकर अग्रवालले आमा चन्दादेवीको स्मृतिमा ५१ ह्जार एकसय १३ रुपैया दान गरेका छन् । साथै, अन्य दाताहरुको सहयोगमा मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष बिक्रम कार्कीले बताए । नवाह पितृउद्दार ज्ञान महायज्ञको बुधबारै समापन गरिएको छ । महायज्ञमा करिव ३ लाख ३७ हजार २ सय ५० रुपैया संकलन भएको छ । उक्त रकमले वृद्धा आश्रम तथा सत्सङ भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । ऊ“ शिवशक्ति कल्याणी केन्द्र धरान शाखाको आयोजनामा महायज्ञ लगाइएको हो ।