इटहरी/ एक्सपर्ट एजुकेशन भिसा सर्भिसले इटहरीका शाखा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो ।

शैक्षिक क्षेत्रमा अग्रणि रुपमा चिनिको एक्सपर्ट एजुकेशन भिसा सर्भिसले इटहरीमा १२ औ शाखाको विस्तार गरेको हो । शाखाको उदघाटन सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुबेदीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा शिक्षा अधिकारी सुबेदी सहित प्याव्सन जिल्ला अध्यक्ष सुमित थापा, शिक्षा सेवी लेखनाथ घिमिरे, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, जिल्ला संयोजन समिति सुनसरीका स्थानीय विकाश अधिकारी तुलसी श्रेष्ठ, शिक्षा प्रेमि दिलकुमार वन, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा महिला नेत्री डिला संग्रौला, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

एक्सर्टले आफनो शाखा बिस्तार गरेसंगै पुर्बका बिद्यार्थिहरुले सहज रुपमा सेवा पाउने बिश्वास ब्यक्त गरेका थिए । सन २००३ मा अस्ट्रेलियाको सिडनीमा मुख्य कार्यालय राखेर सञ्चालनमा आएको एक्सपर्टले नेपालमा भने सन २००६बाट मात्र सेवा आरम्भ गरेको सञ्चालक भव तिमसिनाले बताए ।

उदघाटन कार्यक्रममा शाखाका कार्यकारी प्रमुख कमल तिमसिना, कार्यक्रम निर्देशक भुवन पाण्डेले एक्सपर्टले दिदै आएको सेवा सुबिधाका बारेमा चर्चा गरेका थिए ।

नेपालमा स्थापना भएयता ११ बर्ष यता एक्सपर्टका बिभिन्न शाखाहरुबाट झण्डै २० हजार भन्दा बढि बिद्यार्थीहरु अस्ट्रेलियमा पुगिसकेको बताइएको छ ।