धरान/धरान–१५ स्थित एलाइनेट जिमको १४ औं प्रस्तुतीको रुपमा चौथो ‘मिष्टर कोशी खुल्ला अञ्चल स्तरीय शारीरिक सुगठन प्रतियोगिता’ गर्ने भएको छ । [caption id="attachment_39286" align="alignnone" width="1024"] चौथो मिष्टर कोशी बारे जानकारी गराउदै आयोजक । तस्बिरः भोजराज श्रेष्ठ[/caption] धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै एलाइनेट जिमले चैत्र ३० गते प्रतियोगिता गरिने जानकारी दिएको हो । जिमले पहिलो दिन प्रिजर्जिङ राउण्ड र दोस्रो दिन फाइनल राउण्ड गर्ने कार्यक्रम संयोजक बिक्रम लिम्बुले बताएका छन् । ५५, ६०, ६५ र ७० केजी तौल समूहमा खेलाइने प्रतियोगितामा फाइलन राउण्डमा एउटा तौल समूहबाट ५ जना अन्तिम प्रतिस्पर्धाको लागि भिडन्त गर्ने लिम्बूले बताएका छन् । चारवटा वजन समूहबाट विजेताहरुलाई ओभरअल राउण्डमा प्रवेश गराउदै अन्तिम विजेता घोषणा गरिने छ । विजेताले यसपटक ५० हजार रुपैया, दोस्रोले २५ हजार रुपैया, तेस्रोले १५ हजा र चौथोले १० हजार रुपैया प्राप्त गर्ने सह संयोजक विकासकुमार गुमाजूले बताएका छन् । प्रतियोगितामा एउटा क्लवबाट एक वजन समूहमा दुईजना खेलाडीहरु मात्रै खेल्न पाउने प्रावधान बनाएको छ । प्रतियोगिताको निर्णायकहरुमा एसियन निर्णायक पुष्प श्रेष्ठ, शिवु मुखियासहित राष्ट्रिय निर्णायकहरु सिजर राजभण्डारी, प्रेम खड्का, सोम पोखरेल, आशोक पाठक रहने छन् । प्रतियोगितामा कुल चारलाख ९० हजार रुपैया लागत लाग्ने अनुमान गरेको छ । प्रतियोगिता धरान–८ स्थित सभागृहमा हुने छ ।