-
Home
-
पूर्व
-
धरानेलाई उफारिन ज्योतिले (भिडियाेसहित)
धरानेलाई उफारिन ज्योतिले (भिडियाेसहित)
- चैत्र २५, २०७३
- ब्लाष्ट खबर
धरान/ग्ल्यामरस छवीकी गायिका एवम् मोडल ज्योती मगरले धरानेहरुलाई शुक्रबार साँझ उफारेकी छन् ।
पहिलो पटक धरान आएकी ज्योतीले स्टेज प्रवेशसँगै ‘धरानेहरु हट एण्ड सेक्सी’ भएको प्रतिक्रिया दिदै उत्तेजक हाउभाउमा गीत प्रस्तुत गरिन् । ‘नयनमा गाजल’ बोलको गीतबाट उनको प्रस्तुती सुरु भयो । कालो गाउन स्कर्टमा स्टेज चढेकी उनले आधा दर्जन गीतहरुमार्फत् धरानेलाई मनोरञ्जन दिइन् । उनले गीत भन्दा बढी शब्दमार्फत् दर्शकहरुलाई काउकुती लगाउन सफल भइन् ।
उनको उत्तेजक हाउभाउसहितको गायकीमा धराने दर्शकहरु के कम हुन्थे र उनीहरुले पनि थप उत्तेजक बन्न हौसाइरहे । उनले चर्चित गीत ‘पिरतीमा दम छ, उही मुलाको सिन्की, लोकल घिउ पनि खाइयो, जाली रुमाल, ढाडे बिरालो, पिपल पाते’ बोलका गीतहरु प्रस्तुत गरिन् ।
किरात याक्खा साँस्कृतिक कलाकार संघको आयोजनामा भएको कार्यक्रममा ज्योतीको प्रस्तुतीमा धरानेले खुवै मनोरञ्जन लिए । संघले विपन्न याक्खाका परिवारका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले कार्यक्रम गरेको थियो । जसमा संगीतकार एवम् गायक विनोद खम्बू, गायिका ममता राई, स्थानीय व्याण्ड उर्जा ब्याण्ड, र गरिमा डान्स सेन्टरको प्रस्तुती रहेको थियो ।
गायक खम्बूले ‘मिठो गीत लेखेको थिएँ, झझल्को आइरहन्छ, झन झन खायो, बुटबलकी हौकि, माझी दाईले जाल हान्यो, तालको पानी खाउ लाग्ने र बसमा छैन यो मन’ बोलको गीत गाउदै धराने दर्शकलाई नचाउन सफल भए । दर्शकको वान्स मोरका सामू उनले समय अभावका कारण थप गीत प्रस्तुत गरेनन् ।
गायिका ममताले पनि कार्यक्रममा ३ वटा गीत प्रस्तुत गरिन् । स्थानीय उर्जा ब्याण्डको प्रत्यक्ष प्रस्तुती रहेको थियो । संघले नयाँ वर्षको अवसर पारेर वृहत साँस्कृतिक कार्यक्रम गरिएको संघका अध्यक्ष जीवन देवानले बताए ।