-
Home
-
खेलकुद
-
नेइमारले रियल म्याड्रिडविरुद्धको खेल गुमाउन सक्ने
नेइमारले रियल म्याड्रिडविरुद्धको खेल गुमाउन सक्ने
- चैत्र २९, २०७३
- ब्लाष्ट खबर
मालागासँग २–० ले पराजित खेलमा रातो कार्ड पाएका बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार दुई सातापछि रियल म्याड्रिडविरुद्ध हुने ला लिगाको ‘अल क्लासिको’ भिडन्तमा अनुपस्थित हुन सक्ने सम्भावना बढेको छ।
नेइमारले ६५ मिनेटमा आफूलाई दोस्रो पहेँलो कार्ड दिने रेफ्रिको निर्णयप्रति असन्तुष्टी जाहेर गरेका थिए। उनले रातो कार्ड पाएर मैदानबाट बाहिर निस्किने क्रममा चौथो अफिसियल अगाडि ताली पिटेर रेफ्रिको निर्णय प्रति असन्तुष्टी जाहेर गरेका थिए। उनको यो व्यवहारलाई ला लिगाको अनुशाषन कमिटीले गम्भीरताका साथ लिएको छ।
स्पेनिस फुटबल संघको अनुशाषन कमिटीको नियम उल्लंघनसम्बन्धि १ सय १७ महलमा रेफ्रिको निर्णयमा असन्तुष्टी जाहेर गर्ने खेलाडीलाई २ देखि ३ खेलसम्म प्रतिबन्ध लगाउन सक्ने कानुन छ। नेइमारको हकमा यो कानुन प्रयोग भएको खण्डमा उनले अल क्लासिको भिडन्त गुमाउने पक्का छ।
बार्सिलोनाले आउँदो साता रियल सोसिडाडसँग पहिलो खेल र अप्रिल २३ मा रियल म्याड्रिडसँग दोस्रो खेल खेल्दैछ। बार्सिलोनाको ५९ खेलपछि २५ वर्षीय नेइमारले रातो कार्ड पाएका हुन्।