इटहरी / मंगलबार भएको पहिलो खेलमा मध्यमाञ्चलले इटहरी क्रिकेट एकेडेमीलाई १० विकेटले पराजित पहिलो ब्याटिङ्ग गरेको एकेडेमी १७ रनमा अल आउट भएको थियो ।

मध्यमाञ्चलको घातक बलिङ्ग सामु  एकेडेमीहरुका खेलाडीहरु निरिह साबित भए मध्यमाञ्चलका लागि खेलको म्यान अफ द म्याच मो. हुसैनले ५ र  सम्साद अन्सारीले ३ विकेट लिए । १८ रनको लक्ष्यलाई ३ ओभरमा बिना कुनै विकेटको नोक्सानीमा पुरा गरेको थियो । यो जित सँगै समुह ख बाट उपविजता बन्दै मध्यमाञ्चल सेमिफाइनल प्रवेश त्यसैगरी दोश्रो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ७५ रनले पराजित गरी समुह क को समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश पहिलो ब्याटिङ्ग गरेको पूर्वाञ्चलले बिच ओभरमा ७ विकेटको नोक्सानीमा १७५ को विशाल योगफल तयार पारेको थियो ।

जसमा मिनस थापाले ६१ र राज थापाले ३६ र अंकित सुवेदीले २४ रन बनाएका थिए । मध्यपश्चिमाञ्चलको लागि विजय चौधरीले ५ विकेट लिएका थिए । १७६ रनको रनको लक्ष्य पच्छ्याएको थियो । मध्यपश्मिाञ्चल टिम १०० रनमा अल आउट भएको थियो । मध्यपश्चिमाञ्चलको लागि सुनिल भण्डारीले २५ र मनोज यादवले २४ रन बाहेक अन्य ब्याट्सम्यानहरुले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् । पूर्वाञ्चलको लागि दिपेश कडेलले ४ र विवेक यादवले ४ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच पूर्वाञ्चलको विवेक यादव घोषित भए  । बुधबारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल विरुद्ध मध्यमाञ्चल र दोश्रो सेमिफाइनल खेल सुदुरपश्चिमाञ्चल विरुद्ध पश्चिमाञ्चल हुनेछ ।