तरहरा/ इटहरीमा जारी सतन गच्छदार स्मृती फुटवल प्रतियोगिताको उपाधी एकता युवा क्लब विराटचौकले जितेको छ । न्यू स्टार क्लब भरौललाई १ – ० को अन्तरले हराउँदै सतन गच्छदार स्मृती फुटवल प्रतियोगिता उपाधी विराटचौकले जितेको हो । उपाधी जिते सँगै विराटचौकले ५० नगद जितेको उपविजेता ३० हजार थियो । त्यस्तै उपविजेता न्यू स्टार क्लब भरौलले रु ३० हजार नगद पाएको छ । फाईनलखेलको म्यान अफ द म्याच विराटचौकको खेलाडी देवेन्द्र लिम्वु घोषित भए । सर्वाधिक गोलकर्तामा एलेभेन एरोज क्लब दुहवीका विक्रम राजवंशी घोषित भएको खेलकुदकर्मी कोवितजंग कार्कीले वताए । सतन युवा क्लबको अध्यक्ष जसवन गच्छदारको अध्यक्षतामा भएको कार्यक्रममा फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार आउँने भने पनि नआए पछि संसाद कल्पना चौधरीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।