धरान/पिएलओ अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिगको उपाधि पूर्वाञ्चल क्रिकेट टिमले जितेको छ ।
इटहरीमा बिहीबार सम्पन्न फाइनल खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ८३ रनले पराजित गर्दै उपाधि रक्षा गरेकाे हाे । विजेताले नगद ५० हजार रुपैया जितेको छ । उपविजेतामा चित्त बुझाएको पश्चिमाञ्चलले नगद ३० हजार रुपैयासहित ट्रफी पाएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले ८ ओभरको क्षतिमा १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा पूर्वाञ्चलको लागि कप्तान मिनास थापाले ६८ र सन्दिप ढुंगानाले २८ रनको योगदान दिए । पश्चिमाञ्चलका सन्दीप क्षेत्रीले २ र अनिल खरेल, राहुल चौहानले १/१ विकेट लिएका थिए ।
जवाफी मैदानमा उत्रिएको पश्चिमाञ्चलले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै ७८ रनमा सिमित बनेको थियो । पश्चिमाञ्चलका लागि अजय कौशलियाले २० र मनोज गुरुङले १४ रनको योगदान दिँदा अन्यले दोहोरो अंक बनाउन सकेनन् । पूर्वाञ्चलका विवेक यादवले ३ र कप्तान मिनाश थापाले ४ विकेट लिएका थिए ।
फाइनल खेको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज पूर्वाञ्चलका कप्तान मिनाश थापा घोषित हुँदै नगद ५ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको बेष्ट बलरमा पश्चिमाञ्चलका राहुल चौहान र बेष्ट्स ब्याट्स म्यानमा पूर्वाञ्चलका अंकित सुवेदी घोषित हुदै जनही २५/२५ सय रुपैया प्राप्त गरे ।
बिजेता उपविजेता टिमलाई पिएलओ ल्यूब्रिकेन्ट्स एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल तथा प्रिमा ग्यास उद्योगका प्रबन्धक निर्देशक सुदीप घिमिरे, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीलगायतले पुरस्कार वितरण गरे ।