युएई / नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । दुबईको जेबलअलीमा गत ७ अप्रीलदेखि सुरु भएको प्रतियोगिता १४ अप्रिल अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन सम्पन्न भएको थियो । १६ ओटा समूहहरुको सहभागिता रहेको प्रतियोगितामा युएईका मुख्य प्रान्तहरुबाट नेपाली खेलाडी सहभागी समूहहरुले प्रतिनिधत्व गरेका थिए । अबुधाबीको नेपाल भलिबल समूह र दुबईको नेपाल स्पोट्र्स क्लबबीच सम्पन्न भएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो । बेस्ट अफ फाइभमा खेलाइएको उक्त फाइनलमा दुबै टिमले २र२ गेम जितेर बराबरी भए पछि पाँचौ चरणको अन्तिम खेलमा अबुधाबीले दुबईलाई ८ अंकमा रोकी सानदार प्रदर्शन गर्दै विजयको ताज पहिरिएको थियो । नगद पुरस्कारका साथमा मेडल, ट्रफी र प्रमाणपत्रद्वारा विजेता टिमका खेलाडीहरुलाई आयोजक कमिटी नेपाली समुदाय युएईका अग्रजहरु मुन प्रसाद गुरुङ, परमानन्द, नवीन खनाल, प्रदिप शाही ठकुरी, बिक्रम लिम्बु, सूर्यमान राईले हस्तान्तरण गरेका थिए ।