लन्डन/चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि एक महिलालाई रेप गरेको आरोप लागेको छ । उनले सन् २००९ मा २० वर्षीय महिलालाई बलात्कार गरेको तथ्य हिँजो प्रकाशित जर्मन पत्रिका डेर स्पिएगलले लेखेको छ ।
उनी सो समयमा उनी म्यान्टेटर युनाइटेडमा छन् । अहिले युनि रियल मेड्रिट र पर्चुगलको टिममा स्ट्राइकर छन् । उक्त पत्रिकाका अनुसार रोनाल्डोले उक्त बलात्कार घटना सामसुम पार्न ती महिलालाई तीन लाख पाउण्ड रकम दिएका थिए । सन् २००९ मै बलात्कार घटनामा चुप लागेर बस्न र मिडियासँग केही नबोलन भन्दै रोनाल्डोले महिलालाई तीन लाख पाउण्ड रकम दिएका हुन् ।
तर ती महिलाले सन् २०१७ मा आएर मिडियासँग मुख खोलेकी छन् । उक्त पत्रिकारले महिलालाई आफूहरुलाई बुझाएको प्रमाणको आधारमा समाचार लेखेको दावी गरेको छ । रोनाल्डोले पैसा लिनु तर मिडियासँग नबोल्नु भनेर भनेको प्रमाण आफूहरुसँग रहेको पत्रिकाले लेखेको छ ।
समाचार प्रकाशन भएपछि रोनाल्डो तनाबमा छन् । तर उनले आफू माथि लागेको आरोपलाई अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरु गलत भएको समेत बताएका छन् ।
आफूमाथि इष्र्या गर्नेहरुले अहिले गलत हल्ला चलाइरहेको उनले दावी गरेका छन् । तर आफूले त्यस्तो गल्ती नगरेको उनले बताएका छन् ।
उनले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार लेख्ने पत्रिकाका बिरुद्धमा मानहानीको मुद्धा पनि चलाउने बताएका छन् । उनले पत्रिकाले हिट हुनको लागि आफू बिरुद्ध हल्ला चलाएको भएपनि आफूले पत्रिका विरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने बताएका छन् ।