विजयपुर/ इलाम बास्केटवलको आयोजनामा २०७२ साल बैशाख १२ गते गएकोे भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धान्जली अपर्ण गर्दै मैत्रिपुर्ण बास्केटवल खेलको आयोजना हुने भएको छ ।
आगामी वैशाख १२ गते श्रद्धान्जली अर्पण गर्दै इलाम जिल्ला महिला बास्केटवल टिम विरुद्ध सुनसरी जिल्ला महिला बास्केटवल टिम र इलाम पुरुष बास्केटवल टिम र नेमाली सेना कालिध्वज गण बास्केटवल टिम इलाम विच मैत्रीपुर्ण खेलको आयोजना हुने कार्यक्रम संयोजक रोहन आचार्यले जानकारी दिए ।
गत साल सुनसरी बास्केटवल संघको आयोजनामा श्रद्धान्जली तथा मैत्रिपुर्ण बास्केटवल खेल संपन्न भएको थियो । सो मैत्रिपुर्ण खेलमा इलाम, सुनसरी र मोरङ्ग जिल्लाले सहभागिता जनाएका थिए ।
सोहि दिन इलाम बास्केटवल ट्यालेन्ट हन्ट प्रशिक्षण क्याम्पको पनि समापन हुने भएको छ । एक महिना देखि एसइइ दिएर वसेका इलाम जिल्ला भरिका महिला तथा पुरुष १५ जना विद्यार्थीहरुले प्रशिक्षण लिइरहेका छन ।
उनिहरुलाई इलाम जिल्लाका प्रशिक्षक रोहन आचार्य र सिनीयर खेलाडि पवन सुवेदिले प्रशिक्षण गराइरहेको संयोजक आचार्यले जानकारी गराए । कार्यक्रमको प्रमुख अतिथी नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा रहने आयोजकले जानकारी दिएको छ ।
मैत्रिपुर्ण खेलमा सुनसरी महिला टिम आशा राईको कप्तानिमा कोर्टमा उत्रिने जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए । खेल संचालनको लागि जिल्ला बास्केटवल संघ सुनसरीको प्राविधिक सहयोग रहने पनि उनले वताए ।