फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपिएफ पूर्वाञ्चललाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले स्तब्ध पार्दै बिर्ता युनाइटेडले उपाधिमाथि आफ्नो हक जमाएको हो । प्रतियोगिताको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा सिधै ट्राइब्रेकरबाट लिइएको थियो । खेलको सुरुदेखि अन्त्यसम्मै निरन्तर बर्षात भएर मैदान हिलाम्मे भएपछि सिधैं ट्राइब्रेकर मार्फत नतिजा लिइएको हो ।
जसमा बिर्ता युनाइटेडका विशाल राई ‘बी’, बुद्ध चेम्जोङ, रन्जित श्रेष्ठ र भिकि चौधरी पेनाल्टी सुटआउटमा चुकेनन् । उता एपिएफको तर्फबाट भने बुद्धिमान राई र शुसिल राईले मात्र गोल गरे । उज्ववल चाम्लिङको प्रहार बिर्ताका गोलकिपर दिनेश थापा मगरले रोके भने प्रदीप चौधरीको प्रहारले पोष्टको दिशा लिन सकेन । चार महिना अघि मात्र फाल्गुनन्द गोल्डकपको आठौं संस्करण जीतेको बिर्ता युनाइटेडले सोही मैदानमा अर्को उपाधि पनि चुमेको हो ।
खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्ने केही राम्रा अवशरलाई सदुपयोग गर्न सकेनन् । बर्षातका बीच खेलाडिले खेल्नु पर्दा निकै असहज भएको थियो भने फाइनल हेर्न आएका दर्शकलाई समेत नमज्जा भएको थियो । एपिएफका शुसील राई खेलको म्यान अफ दि म्याच घोषित भए । बिर्ता युनाइटेडले उपाधि सँगै नगद एक लाख ५० हजार प्राप्त गरेको छ भने उप विजेतामा सिमित हुन पुगेको एपिएफले नगद एक लाखमा चित्त बुझायो ।
प्रतियोगितामा एपिएफका कुशन मुर्मु, उत्कृष्ठ मिडफिल्डर बिर्ताका योगेश गुरुङ, उत्कृष्ठ फरवार्ड एपिएफका बुद्धिमान राई र उत्कृष्ठ गोलकिपर बिर्ताका दिनेश थापा मगर बने । त्यस्तै बिर्ताका डिफेन्डर देबेन्द्र तामाङ प्रतियोगिताका उत्कृष्ठ खेलाडि र विशाल राई ‘बी’ सर्बाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभरीमा चार गोल गरेका थिए ।
फाल्गुनन्द गोल्ड कप पछि पाँचथर सदरमुकामकै ठूलो गोल्ड कपको रुपमा पाँचथर गोल्ड कप सुरु भएको हो । प्रतियोगिताको पहिलो संस्करणमा भएका कमि कमजोरीहरुलाई आगामि संस्करणहरुमा सच्याउँदै लैजाने आयोजक पाँचथर क्लवका अध्यक्ष अनुराग मगरले बताए । बिर्ता युनाइटेडकाे पाेल्टामा प्रथम पाँचथर गोल्ड कप
पाँचथर/सदरमुकाम फिदिममा सम्पन्न प्रथम पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि बिर्ता युनाइटेड झापाले उचालेको छ ।
फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एपिएफ पूर्वाञ्चललाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले स्तब्ध पार्दै बिर्ता युनाइटेडले उपाधिमाथि आफ्नो हक जमाएको हो । प्रतियोगिताको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा सिधै ट्राइब्रेकरबाट लिइएको थियो । खेलको सुरुदेखि अन्त्यसम्मै निरन्तर बर्षात भएर मैदान हिलाम्मे भएपछि सिधैं ट्राइब्रेकर मार्फत नतिजा लिइएको हो ।
जसमा बिर्ता युनाइटेडका विशाल राई ‘बी’, बुद्ध चेम्जोङ, रन्जित श्रेष्ठ र भिकि चौधरी पेनाल्टी सुटआउटमा चुकेनन् । उता एपिएफको तर्फबाट भने बुद्धिमान राई र शुसिल राईले मात्र गोल गरे । उज्ववल चाम्लिङको प्रहार बिर्ताका गोलकिपर दिनेश थापा मगरले रोके भने प्रदीप चौधरीको प्रहारले पोष्टको दिशा लिन सकेन । चार महिना अघि मात्र फाल्गुनन्द गोल्डकपको आठौं संस्करण जीतेको बिर्ता युनाइटेडले सोही मैदानमा अर्को उपाधि पनि चुमेको हो ।
खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्ने केही राम्रा अवशरलाई सदुपयोग गर्न सकेनन् । बर्षातका बीच खेलाडिले खेल्नु पर्दा निकै असहज भएको थियो भने फाइनल हेर्न आएका दर्शकलाई समेत नमज्जा भएको थियो । एपिएफका शुसील राई खेलको म्यान अफ दि म्याच घोषित भए । बिर्ता युनाइटेडले उपाधि सँगै नगद एक लाख ५० हजार प्राप्त गरेको छ भने उप विजेतामा सिमित हुन पुगेको एपिएफले नगद एक लाखमा चित्त बुझायो ।
प्रतियोगितामा एपिएफका कुशन मुर्मु, उत्कृष्ठ मिडफिल्डर बिर्ताका योगेश गुरुङ, उत्कृष्ठ फरवार्ड एपिएफका बुद्धिमान राई र उत्कृष्ठ गोलकिपर बिर्ताका दिनेश थापा मगर बने । त्यस्तै बिर्ताका डिफेन्डर देबेन्द्र तामाङ प्रतियोगिताका उत्कृष्ठ खेलाडि र विशाल राई ‘बी’ सर्बाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभरीमा चार गोल गरेका थिए ।
फाल्गुनन्द गोल्ड कप पछि पाँचथर सदरमुकामकै ठूलो गोल्ड कपको रुपमा पाँचथर गोल्ड कप सुरु भएको हो । प्रतियोगिताको पहिलो संस्करणमा भएका कमि कमजोरीहरुलाई आगामि संस्करणहरुमा सच्याउँदै लैजाने आयोजक पाँचथर क्लवका अध्यक्ष अनुराग मगरले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।