विजयपुर/ धरानलाई ‘स्पोर्टस सिटी’ बनाउन एमालेले अभियान थाल्ने भएको छ । धरानमा खेलकुदका आबश्यक सम्पुर्ण पुर्वाधार निर्माण गरि खेलकुदर र खेलाडिको केन्द्रको रुपमा धरानलाई बिकाश गर्न एमालेले योजना तयार पारेको एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले बताएका छन् ।

आईतबार जिल्ला खेलकुद बिकाश समिती सुनसरीले आयोजना गरेको भेटघाट तथा अन्र्तकृया कार्यक्रममा बोल्दै उनले धरानलाई ‘स्पोर्टस सिटी’ कै रुपमा घोषणा गरेर अगाडि बढ्नु पर्ने भन्दै उनले स्थानिय तहको चुनाबमा एमालेले जीत हासिल गरे तत्काल यसकालागि कार्य थालिने गर्ने उनले बताए ।

धरानको नेतृत्व जुन पार्टिले गरेपनि धरानलाई ‘स्पोर्टस सिटी’ को रुपमा बिकाश गर्नु पर्ने उनको भनाई थियो । खेलकुदकै माध्यमबाट अहिले देशले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान राख्न सफल भएको भन्दै उनले खेलकुद क्षेत्रको बिकाशका लागि अधिकार सम्पन्न खेलकुद बिकाश समिती गठन गरेर खेलाडि र खेलकुद क्षेत्रको बिकाश गर्ने सोच रहेको बताए ।

कार्यक्रममा बोल्दै बक्सीङ प्रशिक्षक किशोर सम्बाहाम्फेले खेलाडिहरुको सम्मन र ब्यबासायीक बिकाशका लागि प्रभाबकारी भुमिका खेलिनु पर्ने बताए ।खेलाडिहरु राष्ट्रका गहना हुन् भन्ने तर ब्यबाहारमा नदेखाउने गरिएकाले खेलाडिहरुले महसुस गर्नेगरि योजना ल्याउनु पर्ने उनको भनाई थियो ।

बक्सिङ प्रशिक्षक अनुप लामालेपनि खेलाडी र खेल क्षेत्रका बारेमा गर्नु पर्ने कार्यहरुका बारेमा बोलेका थिए । कार्यक्रममा करातेका प्रशिक्षक किरण लामा तथा मनोज शाक्यले पनि आ आफ्नो धारणा राखेका थिए ।

त्यस्तै गरि उसुका प्रशिक्षक राजेन्द्रप्रसाद राई र बिक्की श्रेष्ठले पनि आ आफ्नो धारण राखेका थिए । तोक्वान्दोका प्रशिक्षक नबिन राई ,मदन राई र गोपाल राईले पनि समग्र खेलकुद क्षेत्रको बिकाश गर्न राय दिएका थिए ।त्यसैगरी टिटिका प्रशिक्षक बिनोद शाक्य,ब्याडमिन्टनका प्रशिक्षक प्रतिक श्रेष्ठ ले पनि राय दिएका थिए ।

कार्यक्रममा बास्केटलका खेलाडिहरुकोपनि उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष धनप्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।