सत्तारुढ दलहरुबीच बालुवाटारमा छलफल सुरु
काठमाडौंं/प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरु बीच बैठक सुरु भएको छ ।
उनीहरुबीच संविधान संसोधन, दुई चरणको निर्वाचनलगायतका विषयलाई लिएर बैठक भर्खरै सुरु भएको हो । वैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु उपस्थित छन् । उनीहरुले चुनावको मत परिणम कसरी गन्ने लगायतको विषयमा छलफल गर्ने बताइएको छ । बालुवाटारमा वैठक सुरु हुनु अघि कांग्रेस सभापति देउवासहित रामचन्द्र पौडेललगायतका नेताहरु एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
भेटमा एमाले अध्यक्ष ओलीले दुई चरणमा गर्ने भनिएको चुनावको विषयमा कुरा उठाएका थिए । उनले बजेट अगावै दोस्रो चरणको चुनाव गर्न सकिने कुरा राखेका थिए भने संविधान संसोधनको विषयमा आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































