धरान/विश्व फुटबल महासंघ फिफा बरियतामा अर्जेन्टिनालाई छिमेकी देश ब्राजिलले उछिनेको छ । अाज बिहीबार निकालेको फिफा बरियतामा ब्राजिल नम्बर वानमा आएको छ । त्यसपछि मात्रै अर्जेन्टिना रहेको छ । ब्राजिलले १६७२ पोइन्टका साथ बरियतामा पहिलो नम्बरमा आउन सफल भएको हो । अर्जेन्टिनाको १६०३ पोइन्ट प्राप्त गरेको छ । जर्मनी तेस्रो नम्बरमा रहेको छ । चौथो नम्बरमा चिली रहेको छ भने पाँचौं नम्बरमा कोलम्बिया रहेको छ । छैठौं नम्बरमा फ्रान्स रहेको छ भने सातौंमा बेल्जियम, आठौंमा पोर्चुगल, नवौंमा स्वीटजरल्याण्ड र १० औं नम्बरमा स्पेन रहेको छ । हालैको ¥यान्किङमा नेपाल एसय ७३ औं स्थानमा अाइपुगेकाे छ । नेपाल बंगलादेश, श्रीलंका र पाकिस्तान भन्दा माथि छ भने दक्षिण एसिया मुलुकमा भारत पहिलो स्थानमा छ । फिफा बरियतामा भारत एकसय औं स्थानमा छ । त्यस्तै भुटान र अफगानिस्तान पनि नेपाल भन्दा बरियतामा अघि छन् । फिफाले जुन १ का दिन अर्को बरियता निकाल्ने छ ।