वासिङ्टन/अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्यसम्बन्धी कानुनको ठाउँमा अब नयाँ कानुन लागू हुनेछ ।
राष्ट्रपति ट्रम्पले रिपब्लिकन सांसदहरुसँग व्यापक छलफलपछि उनीहरुकै समर्थनमा नयाँ विधेयक पेश गरेका थिए । डेमोक्रेटिक सांसदहरुले भने यसको विरोध गरेका छन् ।
त्यसैगरी अमेरिकी चिकित्सक तथा अस्पतालका केही समूहले पनि यो विधेयकको विरोध गरेका छन् ।
विधेयक पास गर्न २ सय १७ मत आवश्यक पर्नेमा २ सय १७ मत नै परेको थियो । तर एक जना पनि डेमोक्रेट सांसदले यो विधेयकको पक्षमा मत दिएका छैनन् ।
प्रतिनिधिसभाले पास गरेको यो विधेयक आगामी जुनमा सिनेटमा पेश गरिने भएको छ । अमेरिकाको तल्लो सदनमा यो विधेयक पास भएपछि राष्ट्रपति ट्रम्पले तीन महिने कार्यकालमा पहिलो वैधानिक जित हात पारेका छन् ।
यसअघि मार्चमै यो विधेयक पेश गर्ने तयारी भए पनि त्यस बेला पर्याप्त समर्थन जुटाउन नसक्दा राष्ट्रपति ट्रम्पले फिर्ता लिएका थिए ।
इमेजखबरबाट
अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।