शनिश्चरे/मंगोलियाको उलानवाटर शहरमा आउँदो जेठ ४ गतेदेखि हुने एसियन फेडेरेसन बडीविल्डीङ्ग प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन छनौट भएका विकास धिमाललाई त्यहाँ पुग्न आर्थिक समस्या भएको छ । दमकस्थित यारो फिटनेसले पत्रकार सम्मेलन गरी यारोका प्रमुख प्रवन्धक रकी धिमालले २०७३ सालमा धर्म श्री बडीविल्डीङ्ग प्रतियोगिताको ६५ केजी तौलतर्फ तेस्रो भएका विकासलाई प्रतियोगितामा सहभागिता जनाउन रकम आवश्यक परेकाले सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । धिमाललाई हालसमम यारोले सहयोग गरिरहेको र अब धिमाल फाण्डेशनले पनि सहयोग गर्ने कुरा अगाडि बढेको उल्लेख छ । बडीविल्डर विकासले यसअघि २०६८ सालमा ६० केजी तर्फ दोस्रो, २०६९ मा पूर्वाञ्चल तर्फ प्रथम लगायतका उपाधि हात पारेका थिए । बडीविल्डीङ्ग एण्ड फिटनेस एसोसिएसन झापाका पूर्व अध्यक्ष अशोक पाठकले खेलकुदको अन्य पाटोमा स्थानीय सरकारले सहयोग गरे पनि बडी बिल्डीङ्ग प्रतियोगिताहरुमा सहयोग नभएको जानकारी गराएका छन् ।