धरान/दोस्रो प्रविण प्रधान स्मृति क्रिकेट कपको उपाधि धरानको युनाइटेड क्रिकेट क्लवले उचालेको छ ।
[caption id="attachment_44153" align="alignnone" width="960"]
तस्बिर साैजन्यः अर्जुन रार्इ[/caption]
शनिबार धरान–१६ स्थित भगवति निमाविको पीचमा सम्पन्न खेलमा युनाइटेडले फाइनलमा आचार्यलाइन क्रिकेट क्लवलाई ५० रनले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नगद १० हजार रुपैयासहित ट्रफी, मेडल प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको आचार्यलाइनले नगद ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच युनाइटेडका अश्विन शर्मा घोषित भए । खेलको म्यान अफ दि टुनामेन्ट र बेष्ट व्याट्समेन आचार्यलाइनका आशिष आचार्य घोषित भए ।
त्यस्तै बेष्ट बलरमा युनाइटेडका आकाश तुलाधर घोषित भए । १२ ओभरको खेलमा युनाइटेडले १२३ रनको लक्ष्य प्रस्तुत गर्दा आचार्यलाइनले ८ ओभरमा पूरै बिकेटको क्षतिमा ७२ रनमा समेटिएको थियो । कार्यक्रममा प्रमुख अतिथि एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राई, अध्यक्ष मनिष श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।