गर्मीको मौसममा शरीर तन्दुरुस्त राख्नका लागि मानिसहरू पेय पदार्थ लिन्छन् । आजकल चाहिँ प्यास बुझाउनका लागि धेरैजसोले कोल्ड ड्रिंक पिउने गरेका छन् । कोल्ड ड्रिंकलाई आधुनिक जीवनशैली मानिएपनि यसले स्वास्थ्यमा खराब असर पार्छ । यस्ता पदार्थले नपुंसकता नै गराउन सक्छ । कोल्ड ड्रिंक बनाउनका लागि स्वीटनर एस्पार्टामे प्रयोग गरिन्छ । त्यो कृत्रिम पदार्थले शरीरको हर्मोन बिगारिदिन्छ । महिलामा यसको असर छिटो देखिन थाल्छ । एक अध्ययनले त कोल्ड ड्रिंकको अत्यधिक सेवनले गर्भपातको खतरा हुने समेत पत्ता लगाएको छ । पुरुषको चाहिँ हर्मोन बिगारेर यसले नपुंसक बनाइदिने देखिएको छ । प्यास बुझाउनका लागि लस्सी, कागतीपानी वा सादा पानी प्रयोग गर्नु उचित हुन्छ । एजेन्सी