धरान/सप्तरङ्गी बास्केटवल क्लवका बास्केटवल टिमलाई बिहीबार झुनाज फिटनेसका प्रोपराइटर तथा प्रशिक्षक झुना राईले १० थान बास्केटवल र जर्सी प्रदान गरेकी छन् ।
प्रथम खुल्ला अन्तर क्लव सप्तरङ्गी बास्केटवल प्रतियोगिताका आयोजक टीमका खेलाडीहरुलाई बास्केटबल र जर्सी प्रदान गरेकी हुन् । कार्यक्रम संयोजक विकास चाम्लिङ राई, सप्तरङ्गी टिम क्याप्टेन सिवकुमार राईलाई जर्सी प्रदान गरिन् । खेलाडीहरुको प्रोत्साहनको लागि जर्सी प्रदान गरेको राईले बताइन् ।
जेठ २७ देखि ३० गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितामा पुर्वाञ्चल भरिका १३ वटा टिमले सहभागिता जनाउँदै छन् ।
प्रतियोगितामा सप्तरङ्गी ए र वि, इलाम बास्केटवल टिम, तरहरा, होराइजन एवि, स्ट्याग, इर्मोटल, विपि प्रतिष्ठान, स्वणर््िाम क्लव, भेट्रान, हातिmसार क्याम्पस र यलम्वर बास्केटवल टिम रहेको छ ।
प्रतियोगितामा विजेताले नगद १५ हजार रुपैया, उपविजेताले ८ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरि मोस्ट भ्यालुएवल खेलाडिले नगद १५ सय रुपैया, उदयमान खेलाडिले १ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ ।