धरान/अन्तर क्लव स्तरीय प्रमथ खुल्ला सप्तरंगी बास्केटबल प्रतियोगिताको उपाधि धरान–१९ को स्ट्यागले चालेको छ । धरान–१७ स्थित संप्तरङ्गी पार्कको बास्केटबल कोर्टमा सम्पन्न फाइलन खेलमा स्ट्यागले धरान–१७ को होराइजन क्लवलाई ४०–३७ अंकले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै नगद १५ हजार रुपैया र ट्रफी पाएको छ । यता उपविजेता बनेको होराइजनले नगद ८ हजार रुपैयासहित ट्रफी पाएको छ । खेलमा सर्वोकृष्ट खेलाडी स्ट्यागका विवेकमणी श्रेष्ठ बन्दै नगद १५ सय प्राप्त गरे । त्यस्तै होराइजनका विधान राई उदयिमान खेलाडी घोषित हुँदै नगद १ हजार रुपैया पाएका छन् । स्ट्यागले प्रत्येक क्वाटरमा ११, ६, १२ र ११ अंक ल्याउँदा होराइजनले ७, ८, ७ र १५ अंक ल्याएको थियो । विजेता, उपविजेताहरुलाई सांसद कृष्णकुमार राई, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राईलगायतले पुरस्कार वितरण गरेका थिए । जेठ २७ गतेदेखि जारी खेलमा पूर्वका १३ वटा टिमहरु सहभागी बनेका थिए । सप्तरंगी पार्कको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।