धरान/विश्वचर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोलाई कर छलीको आरोप लागेको छ ।   उनलाई स्पेनकाे राजश्व विभागले २०११ देखि २०१४ सम्मको करिव १६ दशमलव ४ मिलियन युएस डलर बराबरको कर छलीको आरोप लागेको हो । यो कर छली उनले विभिन्न रुपमा गरिएको विदेशी सञ्चार माध्यम सिएनएनले लेखेको छ । फोब्र्स पत्रिकाले विश्वको धनी खेलाडीहरु मध्ये रोनाल्डोलाई पहिलो नम्बरमा राखेको छ । जसले १२ महिनामा ९३ मिलियन युएस डलर कमाई गरेको पत्रिकाले जनाएको सिएनएनले उल्लेख गरेको छ । उनको तलव मात्रै ५३ मिलियन युएस डलर रहेको बताइएको छ । उनले २०१० पछि नै राजश्व ठगी गर्दै आएको सिएनएनले उल्लेख गरेको छ । विदेशी नागरिकको हकमा स्पेन सरकारले कर असुली गर्दै आइरहेको छ । फुटबल स्टारहरुमा यस अघि लियोनल मेस्सीलाई पनि यस्तै आरोप लागेको थियो । उनलाई स्पेनमा २१ महिना जेलको सजायसमेत सुनाइएको थियो भने २ दशमलव ३ मिलियन युएस डलर जरिवाना लगाइएको थियो ।