ताप्लेजुङ/मेचि अञ्चललाई कार्यक्षेत्र बनाएर काम गरीरहेका पत्रकारलाई बि एण्ड सि अस्पतालले उपचार खर्चमा २५ प्रतिशत छुट दिने भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालको सामाजिक उतरदायित्व बमोजिम मेचिका पत्रकारका लागि सो व्यवस्था गरेको बताए । अस्पतालको सेवाको बारे जानकारी दिन ताप्लेजुङ आएका उनले विहिबार सदरमुकाममा पत्रकारहरु सँग कुरा गर्दै चौबिसै घण्टा नागरीकलाई सु–सुचित गर्ने सञ्चारकिर्मलाई पनि सहयोग पुगोस भन्ने उदेश्यले अस्पतालका कर्मचारी सो सरहको सेवा पत्रकारलाई पनि उपचार खर्चमा दिने आफुहरुको निर्णय भएको बताए । उनले झापाको विर्तामोडमा खुलेका सो अस्पतालले अहिले पनि गरीब पिछडिएका तथा विपन्न परिवारका लागि आमा सुरक्षा कार्यक्रम लागु गरेको जानकारी दिदै काठमाण्डौमा पाईने सवै उपचारहरु बि एण्ड सि हस्पिटलमा पाईने बताए ।उनले विरामीहरुको अवस्था हेरी १० प्रतिशत सम्म छुटको ब्यवस्था गरेको समेत जानकारी दिएकाे छ । कार्यकारी निर्देशक प्रसाईले चाडै नै स्वास्थ्थ विमा कार्यक्रम पनि सञ्चालनमा ल्याईने बताए । बि एण्ड सि हस्पिटल हरेक कुरामा भवन सुरक्षित रहेका बताउदै विरामीहरुलाई उपचारको लागि आउन आग्रह समेत गरे ।उनले अन्य हस्पिटलमा उपचार गरी धेरै पैसा खर्च गरेपछि आफनो हस्पिटलमा आएको विरामीहरु स्मरण गदै उनले अन्यत्र जानु भन्दा बि एण्ड सि आएर उपचार गराउन अनुरोध पनि गरे। अस्पतालले छुट दिने कुरा स्वागत योग्य भएको र जिल्लाका पत्रकार यसमा लाभान्तिव हुने नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। उनले बि एण्ड सि हस्पिटलका कार्यकारी निर्देशक प्रसाई साथै अन्य टिमलाई धन्यवाद समेत दिए ।
बि एण्ड सि अस्पतालले मेचिका पत्रकारहरुलाई २५ प्रतिशत छुट दिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































