पथरी/मोरङको कानेपोखरी गाउँपालिकामा एमालेबाट गाउँपालिकाको अध्यक्ष उमेद्वारको घरमा बम फेला परेको छ । नेकपा एमालेबाट अध्यक्ष पदका उमेद्वार ताराबहादुर काफ्लेको घरमा शनिबार विहान बम फेला परेको हो । बम राखेको जानकारी पाएलगतै उर्लाबारी मंगलबारेबाट पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।सेनाले खाली ठाउँमा लगेर खाल्टो खनी बम निष्क्रिय पारेकाले अप्रिय घटना हुनबाट जोगिएका छन् । इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बम सामान्य खालको सुत्ली बम रहेकोले सर्वसाधरणलाई नआतिन आग्रह गरे । सुतली बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उता नेकपा एमाले कानेपोखरी गाउँपालिका निर्वाचन प्रचार प्रसार समितिका संयोजक तथा एमाले जिल्ला सदस्य भोला अधिकारीले विपक्षीहरु चुनाव हार्ने संकेत देखेपछि बिपक्षिले एमालेलाई कम्जोर बनाउन बमको गोलाले सांघातिक आक्रमण गर्न थालेको आरोप लगाए ।
एमाले गाउँपालिकाको अध्यक्ष उम्मेदवारको घरमा बम, सेनाले पार्यो निष्क्रिय
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































