इलाम/पाँचथर रानीटार छ स्थायी ठेगाना भई हाल इलाम नगरपालिका वडा नं ६मा बसोबास गर्ने विशाल भनिने वर्ष ३८ को नर बहादुर गुरुङ्गले आफ्नै श्रीमति ३० वर्षिय निरु दर्जी गुरुङ्गलाई आइतबार बेलुका धारिलो हतियार खुकुरी प्रयोग गरि गम्भिर घाइते बनाएको जिल्ला प्रहरि कार्यालय इलामले जनाएको छ ।मिस्त्री काम गर्दै आएका गुरुङ्ग दम्पतीको पाँच बर्षिय छोरा समेत रहेको सोही घरबेटी लिलादेवी लिङ्गदेनले बताइन् । अन्य समयमा श्रीमान श्रीमतिको झगडा भए पनि आइतबार भने भान्सामा खाना खाने समयमा अचानक घटना घटपछि मात्र आफूलाई थाहा भएको बताइन् । गुरुङ्ग दम्पति विगत ६ महिना यताबाट आफ्नो घरमा बस्दै आएको उनले बताइन् ।घटना पछि नर बहादुरले आफैँ प्रहरिलाई खबर गरेको लिङ्गदेनले बताइन् । घाइते निरुलाई विएण्डसी हस्पिटन विर्तामोड लगिएको र अवस्था भने गम्भिर रहेको जिप्रका इलामले जनाएको छ ।
श्रीमानकाे धारिलो हतियार प्रयोगपछि श्रीमति गम्भिर घाईते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































