चट्याङ लागेर वृद्धाको मृत्यु
धरान/पाँचथरको याङबरक गाउँपालिका ४ मा सोमवार अपरान्ह चट्याङ लागेर एक बृद्धाको ज्यान गएको छ ।
चट्याङ लागेर सोही गाउँपालिकाकी ६३ वर्षीया बुद्धीमाया ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ज्ञवालीलाई आफ्नै घरमा बसीरहेको अबस्थामा अचानक चट्याङ लागेको थियो । चट्याङ लागेर घाईते भएका उनलाई उपचारको लागि लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































