उर्लाबारी/ मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८.३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका २ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।
चट्याङ लागेर आमाछोरीको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































