विराटनगर/ विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् । विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए । विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईलाई स्थानीयवासीले डुबेकै ठाउँमा बालुवाले पुरिएको अवस्थामा फेला पारेको मृतकका काका राजकुमार राईले जानकारी दिए । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको छ ।
विराटनगरमा डुबेका छात्र फेला
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































