ताप्लेजुङ/दुर्लभ वन्यजन्तु तथा वनस्पतिका बिषयमा विद्यालय स्थरबाटनै ज्ञान दिने उद्धेश्यले रेडपाण्डा नेटवर्कले पूर्वका तीन जिल्लामा वातावरण संरक्षण शिक्षाको पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ ।
कक्षा ६ र ७ मा पढाइ हुने तय भएको पाठ्यपुस्तक बुधवार पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । रेडपाण्डा नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो शैक्षिक बर्षमा ताप्लेजुङ, पाँचथर र इलामका तीनवटा बिद्यालयमा वातावरण संरक्षण शिक्षाको स्थानीय पाठ्य सामाग्री पढाइने छ । उनका अनुसार पुस्तकमा कक्षा ६ का लागि ५ र कक्षा ७ का लागि थप ५ इकाइ पाठ्य सामाग्री समेटिएका छन् । चालु शैक्षिक बर्षमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुको मयाम माध्यमिक बिद्यालय,पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ छिरुवाको आधारभूत मावि र इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ को राष्ट्रिय आधारभूत बिद्यालयमा यो पाठ्य सामाग्रीमा बिषय बस्तुलाइ कक्षा बिषयबस्तु बनाइने छ । पहिलो बर्ष कक्षा ६ का लागि मात्र पढाउने व्यवस्था गरिने छ’ रेडपाण्डा नेवर्टकका संरक्षण संयोजक शेर्पाले भनिन् अर्को बर्षबाट कक्षा ६ र ७ मा एकै पटक पाठ्य सामाग्रीलाइ प्रयोगमा ल्याइने छ । कक्षा ६ को पुस्तकको पहिलो खण्डमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय साझेदारहरु,दोस्रो खण्डमा हाब्रे र यसको पेरीफेरिका बिषय,तेस्रो खण्डमा मानव र वन्यजन्तु बिचको द्धन्द र न्युनीकरणका अभ्यासहरु, चौथो खण्डमा सिमसार र यसका बिशेषता तथा पाँचौं तथा अन्तिम खण्डमा संस्कृति र पर्यटनका बिषयमा समेटिएका छन् । यस्तै कक्षा ७ को पाठ्य पुस्तकमा को खण्ड क मा पूर्वी हिमालय, खण्ड ख मा जैविक बिबिधता, खण्ड ग मा संरक्षण सम्बन्धी ऐन कानूनहरु, खण्ड घ मा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनकाका अभ्यासहरु र खण्ड ङ मा जलवायु परिर्वतनका बिषय उल्लेख भएका छन् । रेडपाण्डा नेटवर्कमा संरक्षण संयोजक शेर्पाले पाठ्य सामाग्री स्थानीय सापेक्षता र अध्यनमा आधारित भएको जानकारी दिइन् । बिद्यालय तहबाटै जैविक बिबधताको संरक्षण, सम्र्बद्धन र सदुपयोगका बारेमा जानकारी गराउन तथा उच्च शिक्षा अध्यनमा थप प्रभावकारी बनाउन पाठ्यपुस्तक तयार पारिएको रेडपाण्डा नेवटर्कले जनाएको छ । नेटवर्कका संरक्षण संयोजक शेर्पाले पाठ्य सामाग्री तयार तथा प्रयोगमा ल्याउनु पुर्व रेडपाण्डा नेटवर्कले तीन जिल्लाका जिल्ला शिक्षा कार्यालय तथा चालु बर्षबाट शैक्षिक सामाग्रीको प्रयोग हुन लागेका बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको समेत पूर्व स्विकृती लिएको जानकारी दिइन् । रेडपाण्डा नेटवर्कले मंगलवार र बुधवार दुइ दिनका लागि पाँचथर, इलाम र ताप्लेजुङका संरक्षणका क्षेत्रमा कलम चलाउने पत्रकारका लागि आयोजना गरेको जैविक बिबिधता संरक्षणमा सञ्चारकर्मीहरुका भूमिका बिषयक दुइदिने तालिमको समापनकै अवसरमा वातावरण संरक्षण शिक्षा पुस्तक बिमोचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अथिति जिल्ला शिक्षा कार्यालय पाँचथरका बिद्यालय निरिक्षक कमल निरौलाले पुस्तक बिमोचन गरेका हुन् । निरौलाले लामो मेहनेत, जानकारहरुको परार्मश तथा रायलाइ समाबेश तथा संसोधन पछि अन्तिम रुप दिएको बताए । तर उनले पाठ्य पुस्तकको पाठ्यभार कति र कसरी बिद्यालय तहमा प्रयोग गर्ने भन्नेमा सरोकारवालाको थप छलफल आवश्यक रहेको बताए ।