धरान/हङकङमा कार दुर्घटनामा मृत्यु भएकि तिन वर्षिय वालिका इक्सामा सेनिहाङ लिम्वुको सम्झनामा उनका आफन्तले धरानमा श्रद्धान्जली सभा गरेका छन ।
[caption id="attachment_50599" align="alignleft" width="425"] तस्विर बिकास चाम्लिङ राइ[/caption]श्रदाञ्जली सभामा धरान १७ स्थित फोकल्याण्डटापुमा अवस्थित दिपेन्द्र स्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामान वितरण गर्नुका साथै विद्यालयलाई तिन थान पंखा र विद्यार्थीहरुलाई खाजा वितरण गरिएको थियो । गत असार २३ गते हङकङको जोर्डन फेरीमा वाटो काट्ने क्रममा कारको ठक्करले उनको मृत्यु भएको थियो ।
आइतवार २३ दिन पछि उनको हङकङमा अन्त्यष्टि गरिएको छ । लायन्स क्लव अफ धरान विजयपुरको आयोजनामा दिपेन्द्र स्मृति विद्यालयको हलमा आयोजित श्रद्धान्जली कार्यक्रममा विद्यालयका प्राचार्य, पर्वत सन्जेल, शिक्षक शिक्षिका, क्लवका अध्यक्ष रेखा गुरुङ लगायत उपस्थितीहरुले इक्सामा सेनिहाङको तस्विरमा माला चढाएर एक मिनट मौनधारण गरी श्रद्धान्जली अर्पण गरेका थिए ।