भद्रपुर । सुरुङ्गा खोलामा आएको बाढीबाट विस्थापित बनेका कनकाई नगरपालिका वडा नं. ७ तल्लोटोलका १५ परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित राहत सामग्री प्रदान गरिएको छ ।
टोल सुधार समितिको आयोजना तथा स्थानीय हरिवोधनी भजन समूह, प्रगतिशील कृषक समूह, महाकालेश्वर शिवालय मन्दिर समिति र अन्य महिला समूहहरुको संयोजनमा भएको सो कार्यक्रममा बाढीबाट पीडित १८ परिवारमध्ये १५ परिवारलाई प्रतिपरिवार १ बोरा चामल, कम्बल र अन्य दैनिक उपभोग्य सामग्री राहत प्रदान गरिएको हो ।
बाढीबाट विस्थापित भई पाल टाँगेर बस्दै आएका पीडितहरुमा ज्वरो आउँने, टाउको दुख्ने, निमोनियाको संकेत पाइएको, रुघाखोकी लाग्नेजस्ता समस्या देखिएकाले एक सय जनाभन्दा बढी बाढी पीतिकको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको हो ।
विस्थापित बनेका परिवारलाइ स्वास्थ्य परिक्षण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































