भद्रपुर । वल्र्डफ्लुको हल्ला चलेसगै नेपालमा प्रतिबन्धित लगाइएका पंक्षीजन्य वस्तुहरु अझै तस्करले लुकाइछिपाइ नेपाली बजारमा भित्र्याइ रहेका छन् । झापासंग जोडिएको भारतीय सीमावर्ती बजारबाट खुलेआम नेपालमा प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिनेक्रम बढेर गएको पाइएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरको सिताचोकबाट २ सय केजी बोइलर कुखुरा बुधवार विहान बरामद गरपछि सो क्षेत्रवाट पंक्षीजन्य वस्तु भित्रिने गरेको पुष्टि भएको हो । भारतको किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्ज बजारबाट झापाको पाठामारी नाकाहुदै भित्राइएको ६६ वटा बोइलर कुखुरा बरामद गरेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । तीन वटा साईकलको माध्यामवाट झोलामा राखेर भद्रपुर बजारतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ । दक्षिणी सीमावर्ती क्षेत्रबाट पशुपक्षि भित्रिन थालेको सूचना पाएपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो । बरामद गरिएको बोइलर कुखुरालाई तत्काल एलआरपी पोष्ट पृथ्वीनगर परिसरमा स्थानीयबासीको रोहबरमा नष्ट गरिएको छ । भारतीय बजारमा बोइलर कुखुराको मासु प्रति एक सय ६० रुपैया पर्ने र नेपालमा प्रति केजी ३ सय रुपैया पर्ने भएकोले नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी पुशपंक्षिको चोरीतस्करी बढेको स्थानीयबासी बताउछन् । केही दिनअघि पनि पृथ्वीनगर क्षेत्रबाटै सशस्त्र प्रहरीले गोरुको मासु बरामद गरी नष्ट गरेको थियो । चोरीतस्करीको माध्यमबाट कुखुरा तथा चल्ला भित्रिन थालेपछि नेपाली कुखुरा पालन व्यवसायी मारमा परेको व्यवसायीले गुनासो गरेका छन् ।