विजयपुर/नेपाल फिजीकल ट्रेनिङ एसोसिएसन क्षेत्रिय समिती धरानले शुक्रबार रक्तादान कार्यक्रम सम्पन्न गरेको छ । धरानको भानुचौक स्थित लोकतान्त्रीक चौतारीमा आयोजीत रक्तदान कार्यक्रम एसोसिएसनका तर्फबाट आयोजीत यो पहिलो रक्तदान हो ।कार्यक्रममा २ सय ५९ प्रिण्ट रगत संकलन भएको थियो ।
प्राकृतीक प्रकोप,आगोलागी तथा असाहयहरुको मृगौला तथा मुटु रोगको उपचारमा सहयोग गर्दे आएको एसोसिएसनले रक्तदान कार्यक्रमलाई आफ्नो बार्षिक कार्यक्रमको रुपमा गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसइटी सुनसरीका सभापती उमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष पर्बत राईले गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले रक्तादान जस्तो पुण्यकर्म अरु हुनै नसक्ने बताए ।
उनले सुनसरीलाइ रक्तदाताहरुको जिल्लाको रुपमा चिनाउनु पर्ने पनि बताए ।रक्तदान कार्यक्रममा रेडक्रसले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पर्वत राईले फिजीकल ट्रेनिङ एसोसिएसनले सामाजिक कार्यहरुलाई प्राथमिकता दिएर गर्दै आएको बताए ।
कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष देबेन्द्र लिम्बुले स्वागत मन्तब्य राखेका थिए भने सचिब बिमानसिंह तामाङले सञ्चालन गरेका थिए ।