भद्रपुर । झापामा बाढी प्रभावित क्षेत्रका ३ सय ८० जना विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्य समिति झापाले चार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । संगठनले भद्रपुरस्थित पशुपती प्राविका ६५ जना, पाठामारीको देवी प्राविका ६९ जना, श्री प्राविका १ सय ५४ जना विद्यार्थीलाई कपि, पेन्सिल, कलम लगायतको शैक्षिक सामग्री वितरण गरेको संगठनका झापा अध्यक्ष राधा कार्कीले बताइन । विद्यार्थीसंग पठनपाठन गर्न शैक्षिक सामग्री अभाव भएको विद्यालयले जानकारी गराएसगै यस बषर््ाको तिज कार्यक्रम स्थगन गरी त्यसबापत संकलित रकमबाट विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष कार्कीले बताइन । विद्यालयका बाल क्लवहरुलाई समेत खेल सामग्री वितरण गरिएको उनले बताइन् । अविरल बर्षासगै मेची नदीमा आएको बाढीले नदी आसपासका गरिव समुदायका विद्यार्थीहरुको शैक्षिक सामग्री नष्ट गरेको थियो ।