भद्रपुर । गणीत विषय पढाइमा विद्यार्थीलाइ सरलीकृत गर्ने उदेश्यले झापाका ७० जना गणीत विषयका शिक्षकलाइ एक दिने तालिम प्रदान गरिएको छ । झापा प्याव्सन तथा एनप्यावसन प्रदेश नम्बर १ र ३ अन्तरगत रहेका विभिन्न विद्यालयका शिक्षकलाइ बुद्ध पब्लिकेशनले भद्रपुर स्थित प्रज्ञा एकाडेमीमा शनिवार तालिम प्रदान गरेको हो । तालिमको औचित्यमाथि प्रदेश नम्बर १ का कमिटी सदस्य इशुभ पाण्डेले प्रष्ट पारेका थिए । परम्परागत भन्दापनि समयसापेक्ष तरिकाले विद्यार्थीलाइ पढाउनु पर्ने आवश्यक्ता रहेकोले विद्यार्थीलाइ गणीत विषयमा परिमार्जन गरि सहज तरिकाले सकिाइनु पर्ने पाण्डेले अनुरोध गरेका थिए । तामिलाइ पव्लिकेशनका प्रशिक्षक डिआर लामीछानेले प्रदान गरेका छन् । प्रदेश नम्बर १ का संयोजक रत्न बहादुर गिरीको सभापतित्व तथा झापा प्याब्सनका उपाध्यक्ष भक्त कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्याब्सनका सहसचिव अजय आलेमगर,विभुती विद्या मन्दीरका प्रधानाध्यापक पुरुषोत्तम लम्साल,हिसान झापा उपाध्यक्ष गोविन्द लम्साल,पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत अच्युत प्रसाद नेपाल लगायतले यसको प्रभावकारिता रहेको उल्लेख गरेका थिए । कार्यक्रलाई पब्लिकेशनका पुर्वाञ्चल वजार प्रमुख डम्बर बहादुर बुढाथोकिले सञ्चालन गरेका थिए ।